Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • अन्तत: भारतले चिनियाँ परीक्षण किटको प्रयोगमा लगायो रोक

    अन्तत: भारतले चिनियाँ परीक्षण किटको प्रयोगमा लगायो रोक

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 1.7K
    SHARES

    दिल्ली। भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले चीनबाट आयात गरिएको तीव्र एन्टिबडी कोभिड-१९ परीक्षण किटहरूको नजितामा’व्यापक भिन्नता’ भेटिएको कारणले त्यसको प्रयोगमा रोक लगाएको छ ।

    भारतले दुई चिनियाँ कम्पनीहरू, गुआन्झाउ वन्डफो बायोटेक र लिभोन डायग्नोस्टिक्सबाट करीव पाँच लाख तीव्र एन्टिबिड टेस्ट किटहरू किनेको थियो र तिनीहरूलाई कोरोनाभाइरस संक्रमणको परिक्षण गर्न धेरै राज्यहरूमा वितरण गरिएको थियो ।



    गुणस्तरीय किट उपलब्ध गराउने आश्वासन दिईएपनि दुई चिनियाँ कम्पनीहरुद्वारा आपूर्ति गरिएको किटहरुको प्रभावकारितामा “व्यापक भिन्नता” पाइएको छ I त्यसकारण सबै राज्यहरु र केन्द्र शासित प्रदेशहरुको मुख्य सचिवहरुसँगको कुराकानीमा आईसीएमआरले ती किट्सको प्रयोग रोक्न सुझाब दिएको हो ।



    राज्य र केन्द्र शासित प्रदेशहरूलाई किटहरू फिर्ता गर्न अनुरोध गरिएको छ ताकि ती किटहरू आपूर्तिकर्ताहरूलाई फिर्ता पठाउन सकियोस्। राजस्थान र पश्चिम बंगाललगायत धेरै राज्यहरूले चिनिया किटको गुणस्तरको बारेमा गुनासो पनि गर्दै आएका थिए ।

    आईसीएमआरले पीसीआर बिधिद्वारा घाटी/नाकको स्वाब परीक्षण नै कोभिड -१९ को परिक्षणको लागि उत्तम रहेको बताएको छ। सरकारी अधिकारीले भारतसंग कोभिड १९ को लागि पीसीआर परीक्षण गर्न पर्याप्त संख्यामा किट उपलब्ध रहेको दाबी गरेका छन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार