Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कैलालीमा पर्यटनमन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

    कैलालीमा पर्यटनमन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.8K
    SHARES

    धनगढी । कैलालीको गेटामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ । महेन्द्रनगरमा हुन लागेको एक कार्यक्रम कालागि धनगढी विमानस्थलबाट जान लागेका मन्त्री आले चढेको गाडी दुर्घटनामा परेको हो ।

    मन्त्री आले चढेको सु.प.प्र ०१-००१ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडिले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी विश्व अधिकारीले पुष्टि गरेका छन् । धनगढी विमानस्थलबाट मेन रोड क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई सो गाडिले ठक्कर दिएको हो ।



    गाईलाई ठक्कर दिएर अनियन्त्रित भएको कारले आलेको गाडीलाई पनि ठक्कर दिएको प्रहरीले बताएको छ । मन्त्री सवार गाडी दुर्घटनामा परेपछि अर्को गाडी प्रयोग गरेर आले महेन्द्रनगरमा प्रस्थान गरेका हुन् ।



    ठक्कर दिने गाडीमा सवार सबै सकुशल जनाइएको छ । दुर्घटनामा मन्त्री आले सवार गाडीको अगाडिको भागमा क्षति पुगेको छ। मन्त्री आले भने सकुशल रहेको र उनी आफ्नो गन्तव्यतर्फ लागिसकेको एसपी अधिकारीले जानकारी दिए।

    गाडी चालक प्रहरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार