Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफविरुद्ध पक्राउ पूर्जी जारी

    पाकिस्तानी पूर्व प्रधानमन्त्री शरिफविरुद्ध पक्राउ पूर्जी जारी

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरिफलाई पक्राउ गर्न पूर्जी जारी गरिएको छ ।

    समाचार संस्था एएनआईका अनुसार ३४ वर्ष अघिको जग्गा किनबेच मामिलामा पाकिस्तानको नेशनल एकाउन्टेबिलिटि ब्यूरो (एनएबी) ले शरिफलाई पक्राउ गर्न पूर्जी जारी गरेकाे हो ।



    जङ समूहका प्रधान सम्पादक मिर शकीलुर रहमानसँग सम्बन्धित मुद्दामा शरिफलाई बयान दिन अदालतमा उपस्थित हुन दिएको निर्देशन पालना नगरेको ब्यूरोले ठहर गरेको छ ।



    शरिफ पञ्जाब प्रान्तका मुख्यमन्त्री हुँदा उक्त जग्गा सन् १९८६ मा अवैधानिक रुपमा लिजमा दिएको दाबी गरिएको छ ।

    पाकिस्तानको मुश्लीम लिग–नवाजका ७० वर्षीय नेता शरिफ अहले उपचारका लागि अस्पतालमा छन् । रहमान भने प्रहरीको हिरासतमा छन् । पाकिस्तानका सञ्चारकर्मी, नागरिक समाज भने पक्राउको विरोध गर्दै आन्दोलनमा छन् । २७ मार्चमा एनएबीले शरिफलाई बयान दर्ता गर्न ३१ मार्चमा बोलाएको थियो । एजेन्सी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार