Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कोरोनालाई लिएर चीनमाथि गम्भीर अनुसन्धान जारी: ट्रम्प

    कोरोनालाई लिएर चीनमाथि गम्भीर अनुसन्धान जारी: ट्रम्प

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 1.3K
    SHARES

    एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई लिएर चीनमाथि गम्भीर अनुसन्धान भइरहेको बताएका छन् । व्हाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी चीनसँग र यो अवस्थासँग खुसी छैनौं किनकि कोरोना भाइरसको महामारी जहाँबाट सुरु भयो त्यही सीमित गर्न सकिन्थ्यो ।’

    उनले कोरोना भाइरस अन्यत्र फैलिनुभन्दा पहिले तत्काल रोक्न सकिनेमा चीनले त्यसो नगरेको आरोप लगाएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारीलाई लिएरर लगातार चीनविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । उनले यो महामारी भित्रिन नदिन अमेरिकाको सीमा बन्द गरेको बताउने गरेका छन् ।



    स्वास्थ्य अधिकारीहरुले भने अमेरिकासामू तयारीको समय भएपनि ट्रम्प प्रशासनले तयारीको समय गुमाएको बताउँदै आएका छन् । ट्रम्पले भनेका छन्, ‘कसैले पनि जे भएको छ, त्यसमा एक देशलाई जिम्मेवार ठहर गर्न मानेको छैन । हामी ती मानिसलाई देखिरहेका छौं, जसले यो सुरु भएको स्थानमा रोक्न सक्दथे ।’



    चीनतर्फ संकेत गर्दै उनले भने, ‘उसले हामीलाई मात्रै होइन पुरै दुनियालाई बचाउन सक्दथ्यो ।’पत्रकार सम्मेलनका क्रममा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचन सार्नेबारे उनको धारणा सोधिएको थियो । जवाफमा उनले आफूले अहिलेसम्म चुनाव सार्नेबारे नसोचेको प्रतिक्रिया दिए । उनले भने, ‘म यस्तो किन गर्छु ? ३ नोभेम्बर यो एक राम्रो नम्बर हो ।’ उनले निर्वाचन सर्ने हल्ला प्रोपोगान्डामात्रै भएको बताए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार