Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • लकडाउन उल्लघंन गर्ने १३ सय २७ जना नियन्त्रणमा

    लकडाउन उल्लघंन गर्ने १३ सय २७ जना नियन्त्रणमा

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 1.6K
    SHARES

    फाइल फोटो

    काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ९७ महिला सहित १३ सय २७ जनालाई नियन्त्रणमा लिएको छ । साेमबार विहान ६ बजे देखि दिउसो ४ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ३ सय ८ वटा दुई पाङ्ग्रे र ३२ वटा चारपाङग्रे गरी ३ सय ४० वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी ९ सय ९३, ललितपुरमा २ सय ७४ र भक्तपुरमा ६० जनालाई नियन्त्रणमा लिएको छ ।

    कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।



    लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उहाँले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ९२ जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार