Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख नाघ्यो

    कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख नाघ्यो

    अनलाइन नेपाल
  • मंगलबार, १६ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौै । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ३० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० लाख २० हजार एक सय १७ पुगेको छ ।

    अहिलेसम्म अमेरिकामा सबैभन्दा बढी संक्रमित हुनेको संख्या नौ लाख ८३ हजार भन्दा बढी पुगेको छ । त्यस्तै स्पेनमा दुई लाख २९ हजारभन्दा बढी संक्रमित भइसकेका छन् भने इटालीमा एक लाख ९९ हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।



    विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई लाख ९ हजार सात सय ९९ पुगेको छ । सबैभन्दा बढी अमेरिकामा मृत्यु हुनेको संख्या ५५ हजार सात सय ३५ पुगेको छ । त्यस्तै इटालीमा २६ हजार नौ सय ७७ को मृत्यु भएको छ भने स्पेन र फ्रान्समा २३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।



    अहिलेसम्म विश्वभर कोरोना भाइरसका आठ लाख ८७ हजार संक्रमित निको भएर घर फर्किसकेका छन् । निको हुनेमा सबैभन्दा बढी स्पेनमा एक लाख २० हजार मानिस निको भएर घर फर्किएका छन् । त्यस्तै जर्मनीमा एक लाख १४ हजार तथा अमेरिकामा पनि एक लाख १० हजार संक्रमित निको भएर घर फर्किएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्

    यसैबीच डब्लुएचओ, विश्व ब्यांक र अन्तराष्ट्रिय मुद्रा कोषले विकासोन्मुख देशमा अर्थतन्त्र तहसनहस नहोस् भन्दै त्यहाँ ऋण सहायताको लागि आग्रह गरेका छन्। डब्लुएचओ प्रमुखले सरकारहरूले जोखिममा रहेका समुदायलाई खाद्यान्न र अन्य आधारभूत सेवा उपलब्ध गराउनुपर्ने बताएका छन्।

    विश्व स्वास्थ्य सङ्गठनले यसलाई ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् नयाँ कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन्। तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। अहिले चीनमा सङ्क्रमणको दर घटेको छ भने युरोप महामारीको केन्द्रबिन्दु बनेको बीबीसीले जनाएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार