काठमाडौं । आगामी माघ ३ गते रेष्टुरेन्ट, फिल्म हल, क्लब, पार्क लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ ।
पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम निकै बढेपछि आइतबार बसेको सीसीएमसी बैठकले यस्तो निर्णय गरेको हो ।
खोप कार्ड देखाएर मात्रै सार्वजनिक स्थलमा प्रवेश दिने निर्णय सीसीएमसीले छ । निर्णय कार्यान्वयनका लागि बैठकले गृह मन्त्रालयलाई पत्र लेखेको प्रवक्ता सुनिता नेपालले जानकारी दिइन्।
यस्तै, प्रवक्ता नेपालका अनुसार आजको बैठकले माग १५ गतेसम्म बिद्यालय बन्द गर्ने र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुनबाट रोक लागाउने निर्णय गरेको छ।
Leave a Reply