Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • ओमिक्रोनको त्रास: १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

    ओमिक्रोनको त्रास: १५ दिन शैक्षिक संस्था बन्द गर्न माग

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् ।

    थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा ‘ओमिक्रोन र शैक्षिक क्षेत्रमा यसले निम्त्याउने सङ्कट’ विषयक अन्तक्र्रियामा उनले मुलुकमा पुनः कोरोनाको जोखिम बढेकाले बालबालिकालाई त्यसको खतराबाट बचाउनुपर्नेमा जोड दिएका हुन् ।



    नेता महरले भने, ‘हामीले १८ वर्ष मुनिका सबै बालबालिकालाई खोप उपलब्ध गराउन सकेका छैनौँ । छिमेकी मूलुक भारतमा पनि कोरोना सङ्क्रमण तीव्र भएसँगै नेपाल पनि त्यसको उच्च जोखिममा छ । यस्तो अवस्थामा बालबालिकालाई जोगाउन १५ दिन शैक्षिक संस्था बन्द गर्नु उत्तम देखिन्छ ।’



    नेपाल विद्यार्थी सङ्घका अध्यक्षसमेत रहेका महरले सरोकार निकायसँगको परामर्शका आधारमा स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नै चाँडै कोरोना रोकथामको नीति अवलम्बन गर्न आवश्यक रहेको बताए ।

    कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य सावधानी र खोप नै सबैभन्दा उत्तम विकल्प भएकाले सरकारले सबैको पहुँचमा हुनेगरी सहजरूपले खोप उपलब्ध गराउन ध्यान दिनुपर्ने तेता महरको भनाइ थियो ।

    कार्यक्रममा सहभागी शिक्षाविद् एवं शिक्षा क्षेत्रका सरोकारवालाले पनि कोरोनाको अर्को लहरबाट बालबालिकालाई जोगाउन केही दिन विद्यालय बन्द गर्नु नै उत्तम विकल्प हुने सुझाव दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार