काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले निजामती कर्मचारीका लागि खाजा भत्ता उपलब्ध गराउन पहल भइरहेको बताएका छन् ।
शुक्रबार मन्त्री खाँणले निजामति कर्मचारी युनियन, गृह मन्त्रालयको ८औं विभागीय अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्।
मन्त्रालयका कर्मचारीले तोकिएको समयभन्दा बढी समय पनि काम गर्नुपर्ने भएकाले कम्तीमा खाजा खर्च भएपनि उपलब्ध गराउन आफूले पहल गरिरहेको मन्त्री खाँणले बताए।
‘थप समयमा काम गरेवापत् कम्तीमा पनि भत्ता उपलब्ध गराउनु पर्छ भन्ने हाम्रो मान्यता हो’, कार्यक्रमको सम्बोधनमा उनले भने, ‘त्यसका लागि अर्थ मन्त्रालयमा हामीले पहल गरिरहेका छौं ।’
यस्तै, मन्त्री खाँणले सरकारी कार्यालयहरूमा काम गर्ने अवधि बढाएको बताए । ओभरटाइमको पैसा दिन नसके पनि खाजा खाने व्यवस्था मिलाउनुपर्ने मन्त्री खाँणको भनाइ छ ।
Leave a Reply