Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • १४ जिल्लाका सिडिओ फेरिए : को कहाँ सरुवा ?

    १४ जिल्लाका सिडिओ फेरिए : को कहाँ सरुवा ?

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बुधबार बुधबार बसेको मन्त्री परिषद्को बैठकको निर्णयले १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

    देशका १४ जिल्लामा कार्यरत सहसचिव र उपसचिव सरहका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो । गृह मन्त्रालय स्रोतका अनुसार सुर्खेतका प्रमुख जिल्ला अधिकारी सहसचिव छवि रिजाललाई झापा सरूवा गरिएको छ ।



    सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा कैलालीबाट खगेन्द्रप्रसाद रिजाललाई पठाइएको छ । मन्त्रालयमा फाजिलमा रहेका सहसचिव रमेश ढकाललाई भने बागलुङको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।



    रुकुम पश्चिमको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी मन्त्रालयमा कार्यरत उपसविच परमानन्द घिमिरेलाई दिइएको छ । ओखलढुंगाका प्रजिअ उपसचिव बन्दना राई गृह मन्त्रालय तानिदा मन्त्रालयका उपसचिव एवम सूचना अधिकारीको जिम्मेवारीमा रहेका दिलकुमार तामाङलाई ओखलढुंगाको प्रजिअ बनाइएको छ ।

    बाजुराका प्रमुख जिल्ला अधिकारी उपसचिव गोपाल अधिकारी मन्त्रालय तानिँदा इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख उपेन्द्रराज पौडेललाई बाजुराको प्रजिअ बनाइएको छ । दार्चुलाका प्रजिअ सिद्धराज जोशी मन्त्रालय तानिदाँ बाँकेका सहायक प्रजिअ दिर्घराज उपाध्याय भने दार्चुलाको जिम्मेवारीमा गएका छन् ।

    इलामका प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काको गृह मन्त्रालयमा सरुवा भएको छ । मन्त्रालयमा कार्यरत सहसचिव माधवप्रसाद ढुुंगाना इलामको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा पुगेका छन् ।

    यस्तै मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी उपसविच बाबुराम अर्याललाई बझाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरैलाई पठाइएको छ । गृह मन्त्रालयले भने सरुवा हुने सहसचिव र उपसचिवको सूची सार्वजनिक गरेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार