Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काेराेना अपडेट: ५३ हजार ५ सय बढीको नमूना परीक्षण, ५२ संक्रमित

    काेराेना अपडेट: ५३ हजार ५ सय बढीको नमूना परीक्षण, ५२ संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 1.4K
    SHARES

    काठमाडौं – कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमूना परीक्षण भएको छ। नेपालमा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। १० हजार ४ सय ७१ जनाको पिसिआर र ४३ हजार ६३ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

    कुल संक्रमित ५२ मध्ये अहिलेसम्म १६ जना उपचारपछि डिस्जार्च भइरहेका छन्। धनगढीमा १, विरगञ्जमा ३, भरतपुरमा १ र विराटनगरमा ३१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ। संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।



    काठमाडौं उपत्यकाभित्र ८ र बाहिर ९८ गरी कुल १ सय ६ जना आईसोलेसनमा छन् भने २० हजार १ सय ९५ जनालाई क्वारेन्टाइनमा राखिएको मन्त्रालयले जनाएको छ।



    प्रदेश १ मा ४ हजार ५ सय ४५, प्रदेश २ मा ५ हजार २ सय ८, बागमतिमा ७ हजार ६ सय २६, गण्डकीमा ४ हजार ९ सय २४, प्रदेश ५ मा ३ हजार ४ सय ७१, कर्णालीमा ५ हजार १ सय २८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९ सय ६१ जनाको आरडिटिबाट कोरोना परीक्षण भएको छ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आजदेखि पिसिआर प्रविधिबाट कोरोनाको परीक्षण सुरु भएको छ। यो सँगै पिसिआरबाट कोरोनाको परीक्षण हुनेको संख्या १६ पुगेको छ। आज नयाँ संक्रमित भेटिएको छैन।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार