Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • नारायणहिटी प्रकरणबारे छानविन समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्री आलेको निर्देशन

    नारायणहिटी प्रकरणबारे छानविन समिति गठन, तीन दिनभित्र प्रतिवेदन पेस गर्न मन्त्री आलेको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 2.3K
    SHARES

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्र बतास समूह कसरी पस्यो भन्नेबारे छानबिनका लागि समिति गठन गरेका छन्।

    मन्त्री आलेले बिहीबार मन्त्रीस्तरीय निर्णयबाट पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुईटेलको संयोजकत्वमा छानविन समिति गठन गरेका हुन् ।



    समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् । समितिको सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् ।



    समितिलाई तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार