काठमाडौं । पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीब्र रुपमा फैलिरहेको छ ।
ओमिक्रोनकै कारण भारतमा बिहीबार बिहान एक जनाको मृत्यु पनि भइसकेको छ। जसका कारण गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको ‘भाइब्रेन्ट गुजरात समिट’ स्थगित भएको छ ।
भारतीय सञ्चार माध्यम एएनआईले ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको उल्लेख गरेको छ । उक्त समिटमा भाग लिन पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।
गुजरातलगायतका जिल्लाहरुमा ओमिक्रोन बढेपछि भारतीय राष्ट्रिय कांग्रेससहितका विपक्षी दलले उक्त समिट रोक्न माग समेत गरेका थिए ।
#Omicron: Gujarat Govt postpones 10th Vibrant Gujarat Global Summit to be held from January 10 to January 12
— ANI (@ANI) January 6, 2022
Leave a Reply