Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बिराटगरबाट आएका यात्रुलाई उतै फर्काउने निर्णय

    बिराटगरबाट आएका यात्रुलाई उतै फर्काउने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । बिराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काउने निर्णय भएकाे छ । विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए। उनले भने, ‘काठमाडौंमा मान्छे ल्याउने नीति छैन । विरामी बाहेकलाई आउने दिँदैनौं ।’

    नागढु‌ंगामा खटिएका प्रहरीले यात्रुको नाम, आएको र जाने ठाउँलगायतका विवरण टिपेर प्रहरीले यात्रुलाई छाडे पनि महानगरीय प्रहरी वृत थानकोटका डीएसपी घनश्‍याम श्रेष्‍ठ आएर फेरि रोकेका हुन्।



    उनले माथिको आदेश नआएसम्म काठमाडौं प्रवेश गर्न नदिने बताएका छन्। ‘अगाडि गएकालाई पनि हामीले थानकोटमा रोेकेर राखेका छाैं, माथिको आदेश नआएसम्म हामी कसैलाई पनि छाड्दैनौं,’ डीएसपी श्रेष्‍ठले भने। डीएसपी श्रेष्ठले थानकोटमा यात्रुलाई रोकेर राखेको बताए पनि धेरै यात्रु भने भित्री बाटो हुँदै गन्तव्‍यतर्फ गइसकेका छन्।



    महानगरपालिकाले ७ वटा बसमा १६० जनालाई काठमाडौं पठाएको थियो। उनीहरुलाई गाडीबाट झारेर चेकपोस्टमा प्रहरीले केहीबेर रोकेको थियो। हरेक बसमा १९ जना यात्रु पठाइएको थियो। उनीहरु सोमबार बिहान साढे ८ बजे चेकपोस्ट आइपुगेका थिए। प्रहरीले चेकपोस्टबाट अलि तल यात्रु झरेर बसहरु काठमाडौं प्रवेश गराए पनि यात्रुलाई भने रोकेर राखेको थियो।

    ८ बजे अगाडि विराटनगरलगायतका अन्य ठाउँबाट आएका याुत्रहरु काठमाडौं प्रवेश गरिसकेका थिए। तर त्यसपछि आएका यात्रुलाई भने माथिको आदेश चाहिने भन्दै प्रहरीले रोकेको थियो। अहिले नागढु‌ंगा चेकपोस्टमा विराटनगर र अन्‍य ठाउँबाट आएका यात्रुहरुको संख्‍या थपिने क्रम जारी छ। विराटनगरबाट पठाइएका यात्रु काठमाडौं प्रवेश नाका नागढुंगामा रोकिएपछि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले काठमाडौंले हेपाहा प्रवृत्ति देखाएको बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार