Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • आन्दोलन बढेपछि काजकिस्तानको राजधानीमा निषेधाज्ञा जारी

    आन्दोलन बढेपछि काजकिस्तानको राजधानीमा निषेधाज्ञा जारी

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 2.1K
    SHARES

    एजेन्सी । काजकिस्तानका राष्ट्रपति कास्सिम–जोमार्ट तोकायेभले देशमा विरोध प्रदर्शनकाबीच राजधानी शहर नुर–सुल्तानमा आकस्मिक अवस्था लागू भएको घोषणा गरेका छन् ।

    राष्ट्रपतिद्वारा बुधबार हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको सुरक्षाको लागि गम्भीर तथा प्रत्यक्ष खतरा रोक्न, सामाजिक सुरक्षा सुनिश्चित गर्न, कानूनी व्यवस्थाको पुनः स्थापना गर्न, नागरिकहरूको अधिकार र स्वतन्त्रताको रक्षा गर्न, हामीले सन् २०२२ जनवरी ५ देखि १२ सम्मको अवधिको लागि नूर–सुल्तान शहरभित्र आपतकालीन अवस्थाको घोषणा गरेका छौँ ।’



    आपतकालीन अवस्थाका बेला नुर–सुल्तानमा प्रवेश र त्यहाँबाट बाहिरिन रोक लगाइने छ भने विरोध प्रदर्शन गर्न हतियार राख्ने अनुमति नभएका व्यक्तिहरुको हतियार जफत गरिनेछ ।



    मध्यएसियाली मुलुक काजकिस्तानमा आन्दोलनका कारण अशान्ति भएको भन्दै सरकारले विजुलीको मुल्य बढेपछि सुरु भएको आन्दोलनमा सहभागीमध्ये २०० भन्दा बढीलाई पक्राउ गरिएको थियो ।

    आन्दोलनकारीले सार्वजनिक यातायातका सेवालाई असर पारेको, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएकोलगायतका कारणले उनीहरुलाई पक्राउ गरिएको गृह मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा भएको झडपमा परी ९५ प्रहरी घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार