काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा यदुलाल खरेललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले खरेललाई विभागको प्रमुखमा नियुक्त गरेको हो ।
खरेल विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक थिए । हालका गुप्तचर प्रमुख गणेश अधिकारीको तीन वर्षे कार्यकाल समाप्त भएपछि रिक्त पदमा रेग्मीलाई प्रमुखमा नियुक्त गरिएको हो ।
मन्त्रिपरिषदले विभागमा फाजिलमा रहेका एआईजी यादवप्रसाद रेग्मीको दरबन्दी कायम गरेको छ । एआइजीमा दरबन्दी कायम गरी उनलाई प्रशासन महाशाखाको जिम्मेवारी दिइएको छ । रेग्मीको करिब ४ महिनामात्र कार्यकाल बाँकी छ । उनी आगागामी बैशाखमा अवकाश पाउँदैछन् ।
Leave a Reply