Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • कालाेबजारीकाे आराेपमा फेरि अर्का उद्याेगपति अग्रवालसहित ५ जना पक्राउ

    कालाेबजारीकाे आराेपमा फेरि अर्का उद्याेगपति अग्रवालसहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 2K
    SHARES

    फाइल फोटो

    बारा । कालाेबजारीकाे आराेपमा फेरि अर्का एक उद्याेगपतिसहित ५ जना पक्राउ परेका छन्। वीरगन्जका उद्याेगपति माेहनलाल अग्रवाल(चाचान)सहित ५ जनालाई कालाेबजारी गरेकाे आराेपमा प्रहरीले आइतबार साँझ पक्राउ गरेकाे छ ।

    लकडाउनकाे माैका छाेपेर मसुराेकाे दाल बढी मूल्यमा बिक्री गरेकाे उनीमाथि आराेप छ। लकडाउनअघि प्रति केजी ८० देखि ८५ रूपैयाँमा बिक्री गरिएकाे दाल लकडाउनपछि ९४ देखि ९८ रूपैयाँमा बिक्री गरिएकाे पाइएकाेले हिरासतमा लिइ अनुसन्धान थालिएकाे प्रहरी प्रवक्ता डीएसपी गाैतम मिश्रले जानकारी दिए।



    उनीसहित उनकाे उद्याेगका प्रतिनिधि सुनिल शर्मा पनि पक्राउ परेका छन्। अग्रवाल चाचान ग्रुपका उद्याेगपति हुन् । वीरगन्ज-पथलैया औद्याेगिक करिडाेरमा पर्ने बाराकाे परवानीपुर गाउँपालिका-४ चैनपुरस्थित नारायणी माेडर्न पल्सेस इन्डस्ट्रिजका उनी सञ्चालक हुन्।



    यसैगरी त्यहीँ आराेपमा श्रीकृष्ण दाल उद्याेगका पवनकुमार साह र सुरेश प्रसादलाई पक्राउ गरिएकाे छ। यसरी महावीर ओभरसिज प्रालिका सन्ताेष झालाई पक्राउ गरिएकाे छ। उनीहरूलाई जिल्ला प्रहरीमा राखिएकाे छ।

    वाणिज्य, आपूर्ति तथा उपभाेक्ता संरक्षण कार्यालय र बाराका प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले अनुगमन गरि कारबाहीकाे निर्देशन लिन विभाग पठाएकाे थियाे। विभागले निर्देशन दिएपछि प्रजिअकाे आदेशमा पक्राउ गरिएकाे प्रहरीले जनायाे। कालाेबजारी तथा केही अन्य सामाजिक अपराध ऐन २०३२ बमाेजिम मुद्दा चलाइएकाे प्रहरीकाे भनाइ छ। यसअघि थर्मल गनकाे कालाेबजारीकाे आराेपमा सुलभ अग्रवाल पक्राउ परेका थिए।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार