Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अलपत्र यात्रु ओसारपसारमा रोक लगाउन गृहको निर्देशन

    अलपत्र यात्रु ओसारपसारमा रोक लगाउन गृहको निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 2.4K
    SHARES

    काठमाडौँ । गृहमन्त्रालयले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ । उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको गृहमन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

    पछिल्लो एक सातायता उपत्यकासहित विभिन्न जिल्लामा अलपत्र परेका आफ्नो पालिका मातहतका यात्रुलाई नगरपालिका तथा गाउँपालिका र जनप्रतिनिधिहरुको पहलमा घर पठाउने व्यवस्था गरिँदै आएको थियो ।



    सह–प्रवक्ता अधिकारीले जुनसुकै हालतमा लकडाउनलाई कडाइका साथ लागू गर्न निर्देशन आएको र सोहीअनुसारको व्यवस्था मिलाउन सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार