Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • मकवानपुरे ठिटो र धादिङे नानीबीचको माया, ‘नखोज है भाउ’ सार्बजनिक

    मकवानपुरे ठिटो र धादिङे नानीबीचको माया, ‘नखोज है भाउ’ सार्बजनिक

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौँ । गायक राजु बिरही सापकोटा र गायिका रजनी लामाको स्वरमा रहेको काठे लोक दोहोरी गीत ‘नखोज है भाउ‘को भिडियो सार्बजनिक भएको छ।

    मिलन फिल्मसको युटुवच्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोमा मकवानपुरे ठिटो र धादिङे नानीबीचको मायाको परिबेशलाई समेटिएको छ ।



    केटा र केटीको मन परापर भएपछि भाउ खोज्न नहुने र एक अर्काको प्रेम भावनालाई बुझ्यो भने प्रेम सफल हुन्छ भन्ने कुरा सो गीतमा ब्यक्त गरिएको छ । बबि लामा र रजनी लामाको संयुक्त प्रस्तुति रहेको सो गीतमा शब्द अनि संगीत पनि राजु सापकोटाले गरेका छन् ।



    गीतमा सरोज शाहीको छायाँकन, रोशन धितालको सम्पादन तथा राजु सापकोटाको निर्देशन रहेको छ । गीतको भिडियोमा ज्ञानेन्द्र तामाङ र बिपना गोलेको मुख्य अभिनय रहेको छ ।

    ‘नखोज है भाउ ‘ गीतको पुरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्:

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार