Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सगरमाथा चढ्न पहिलो पटक अश्वेत अमेरिकीहरुको समूह नेपाल आउँदै

    सगरमाथा चढ्न पहिलो पटक अश्वेत अमेरिकीहरुको समूह नेपाल आउँदै

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौँ । विश्वको सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहणका लागि पहिलोपटक एक अश्वेत अमेरिकी नागरिकहरुको समूह नेपाल आउने भएको छ।

    द वासिङ्टन पोष्टका अनुसार आगामी मेमा ९ जनाको उक्त समूह सगरमाथा आरोहणका लागि आउन लागेको हो । उनीहरूले आफ्नो टिमको नाम ‘फुल सर्कल एभरेष्ट एक्स्पिडिसन’ राखेका छन्।



    लगभग ७० वर्ष पहिले, न्यूजील्याण्ड अन्वेषक एडमन्ड हिलारी र शेर्पा तेन्जिङ नोर्गे सगरमाथाको शिखरमा पुगेका थिए। त्यसपछि, केवल १०,००० अरूले उपलब्धि पूरा गरेका छन् । ती मध्ये केही अश्वेत अमेरिकीहरु सेमत रहेका छन् ।



    टोलीका नेता फिलिप हेन्डरसनका अनुसार सगरमाथा आरोहणमा नयाँ रेकर्ड कायम राख्न अश्वेतहरूकोमात्रै समूह बनाएर चढ्न लागिएको हो।

    उनीहरुको टिममा रोसमरी साल (२८) , एडी टेलर (३१), अबी डायन (४५), जेम्स काबाम्गी (६०), मानोह ऐनु (२५), फ्रेड क्याम्पबेल (३७), डेमोन्ड मुलिन्स (४०) र थोमस मुर (३७) छन् । उनीहरूको उमेरजस्तै पेसा व्यवसाय र पृष्ठभूमि पनि फरक-फरक रहेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार