Online Nepal
  • मंगलबार, २३ पुष २०८१
  • तोल ल्होसार आज मनाइँदै

    तोल ल्होसार आज मनाइँदै

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । आज (सोमबार) तोल ल्होसार मनाइँदै छ । तोलको अर्थ समयचक्र हो ।

    नेपालका हिमाली जिल्ला डोल्पा, मुगु, मनाङ, हुम्ला, जुम्ला, भुटानी मूल भएर नेपालमा बसोबास गर्नेहरुले हरेक वर्षको पुस शुक्ल प्रतिपदाको दिन मनाउने गर्दछन् ।



    आजको दिन घर आँगन लिपपोत गरी शुद्ध पारिन्छ र स्नान गरी पूजा गरिन्छ । लामा पुरोहितबाट वा घरको मुल व्यक्तिबाट पूजाआजा गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवीदेवताको विजय र भूत प्रेतको पराजय होस् भनी प्रार्थना गरिन्छ ।



    अनि अग्रज तथा मान्यजनबाट आशीर्वाद लिँदै फुरौला, बाबर, रोटी, कन्दमूल आदि ग्रहण गर्ने गरिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार