काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आजको बन्दसत्र जारी रहेको छ।
यसअघि शनिबार बसेको बन्दसत्र आइतबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । बन्दसत्रका लागि प्रतिनिधिहरू महाधिवेशन हलमा प्रवेश गरिसकेका छन् । स्थायी कमिटीको बैठक सकिएपछि बन्दसत्र सुरु भएको हो ।
आजको बन्दसत्रमा प्रचण्डले १५ पदाधिकारीसहित दुई सय ९९ केन्द्रीय कार्यसमितिको सूची प्रस्तुत गर्ने बताइएको छ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन्।
(तस्बिर: प्रचण्डको सचिवालय)
Leave a Reply