Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • काेराेनाकाे त्रास: विराटनगरबाट हिडेका काठमाडौंबासी नागढुंगामा रोकिए

    काेराेनाकाे त्रास: विराटनगरबाट हिडेका काठमाडौंबासी नागढुंगामा रोकिए

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 6.9K
    SHARES

    काठमाडौं । काेराेना भाइरसकाे त्रासका कारण काठमाडाैँ भित्रिने मुख्य नाकामा प्रहरी प्रशासनले कडाइ गरेकाे छ। साेही क्रममा विराटनगरमा अलपत्र परेका काठमाडौंका बासिन्दालाई लिएर आउँदै गरेका बसहरु नागढुंगा नाकामा रोकिएका छन् । सात वटा बस अहिले उक्ता नाकामा चेकजाँचका लागि राेकिएका हुन्

    नागढुंगाका एक प्रहरी अधिकृतले भने, ‘बसलाई नागढुंगामा राकेर चेकजाँच गरिरहेका छौं । बस कहाँबाट आइरहेको भन्नेबारे बुझ्ने काम भइरहेको छ । यसबारे हामीसँग कुनै समन्वय भएको छैन ।’



    तर विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेलले भने समन्वय गरेरै विराटनगरमा अलपत्र परेका काठमाडौंका जनतालाई पठाएको बताउँछन् । उनले भने, ‘हामीले समन्वय गरेर नै पठाएका थियौं । तर गाडी नागढुंगामै रोकिएछ भन्ने जानकारी पाएका छौं । हामीले सबैलाई स्वास्थ्य जाँच गरेर पठाएका छौं ।’



    विराटनगर महानगरपालिकाले सात वटा बसमा १६० जनालाई राखेर पठाएका बस काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा रोकिएका हुन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार