Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना

    रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 2.8K
    SHARES

    एजेन्सी – अर्जेन्टिनी महान खेलाडी डिएगो म्याराडोना ब्राजिलियन पूर्व स्टार रोनाल्डिन्होको पक्षमा उभिएका छन् । उनले रोनाल्डो अपराधी नभएको जिकिर गरेका छन् ।

    विश्व कप विजेता रोनाल्डिन्हो अहिले पाराग्वेमा जेलमा छन् । फर्जी पासपोर्ट बोकेको भन्दै रोनाल्डिन्हो र उनको दाई पाराग्वेमा पक्राउ परेका थिए । धरौटीमा छुटेपनि उनीहरुले पाराग्वे भने छाड्न पाएका छैन । उनीहरु होटलमा बसिरहेका छन् ।



    बार्सिलोना तथा एसी मिलानका पूर्व स्टारले आफुमाथि लाग्दै आएको आरोप अस्वीकार गर्दै आएका छन् । ‘रोनाल्डिन्होलाई जे गरिएको त्यसले मलाई दुःख दियो,’ उनले भने, ‘उनी कुनै अपराधी होइन । कामका लागि गएका हुन् । आदर्श खेलाडी हुनु मात्र उनको दोष हो । उनी मेरो साथी हुन् र बाचुन्जेल रहन्छन् ।’



    कोभिड १९ का कारण भविष्यलाई लिएर अर्जेन्टिनाका पूर्व विश्व कप विजेता म्यारोडोनाले भविष्यका बारेमा चिन्ता गरेका छन् । ‘अब आर्थिक अवस्था पहिला जस्तै हुँदेन । अब नेताहरुले पुरानै अवस्थामा पुर्याउन मेहनत गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘भाग्यवश हाम्रा अर्जेन्टिना फुटबल संघमा उत्कृष्ट नेता छन् । मलाई आशा छ उनीहरुले उत्कृष्ट निर्णय लिनेछन् । ‘

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार