काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार लाघेको छ । त्यस्तै, आइतबार ३ हजार ७ सयले ज्यान गुमाएका छन् । योसँगै मृतकको कुल संख्या २ लाख ६ जहार ९ सय ८९ जनाको मृत्यु भएको छ।
संक्रमितको संख्या भने २९ लाख ९४ हजार ७ सय २१ पुगेको छ । संक्रमितमध्ये ८ लाख ७७ हजार २ सय ५४ जना उपचारपछि निको भएका छन् । कोरोनाका कारण सबैभन्दा बढी आक्रान्त बनेको अमेरिकामा ९ लाख ८७ हजार २९ जना संक्रमित हुँदा ५५ हजार ४ सय १३ जनाको मृत्यु भएको छ ।
यूरोपमा कोरोनाबाट बढी प्रभावित बनेका इटाली, स्पेन, फ्रान्स, जर्मनीमा कोरोना संक्रमणको गति कम भएको छ । यी मुलुकहरुले लकडाउन पनि खुकुलो पार्दै लगेका छन् ।स्पेनमा २ लाख २६ हजार ६ सय २९ जना कोरोना संक्रमित हुँदा २३ हजार १ सय ९० जनाको मृत्यु भएको छ ।
त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ९७ हजार ६ सय ७५ पुग्दा मृतकका संख्या २६ हजार ६ सय ४४ पुगेको छ । फ्रान्समा १ लाख ६२ हजार १ सय जना संक्रमित छन् भने २२ हजार ८ सय ५६ जनाकोे मृत्यु भएको छ ।
उता जर्मनीमा १ लाख ५७ हजार ७ सय ७० जना संक्रमित भएका छन् । मृतकको संख्या ५ हजार ९ सय ७६ पुगेको छ ।बेलायतमा १ लाख ५२ हजार ८ सय ४० जना संक्रमित हुदा २० हजार ७ सय ३२ जनाको मृत्यु भएको छ ।
भारतमा २७ हजार ८ सय ९० जना संक्रमित हुंदा ८ सय ८१ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ३ सय २८ पुग्दा २ सय ८१ जनाको मृत्यु भएको छ ।
Leave a Reply