Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • विश्वभर ८ लाख ७८ हजार कोरोना संक्रमित निको भइ घर फर्किए

    विश्वभर ८ लाख ७८ हजार कोरोना संक्रमित निको भइ घर फर्किए

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या २९ लाख ९४ हजार लाघेको छ ।

    २४ घण्टामा ७३ हजार ८ सय थपिएसँगै संक्रमितको संख्या २९ लाख ९४ हजार नाघेको हो । त्यस्तै, आइतबार ३ हजार ७ सयले ज्यान गुमाएका छन् । योसँगै मृतकको कुल संख्या २ लाख ६ हजार नाघेको छ ।



    कोरोनाबाट निको हुने संक्रमतिको संख्या पनि दिनहुँ बढिरहेको छ । सोमबार बिहानसम्म ८ लाख ७८ हजार व्यक्ति कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।



    कोरोनाबाट निको हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ । त्यहाँ हालसम्म १ लाख १८ हजार बढी व्यक्ति निको भइसकेका छन् ।

    अमेरिकामा ९ लाख ८७ हजार व्यक्ति कोरोनाबाट प्रभावित भएका छन् । जसमध्ये ५५ हजार ४ सय संक्रमितको ज्यान गएको छ ।

    त्यस्तै, स्पेनमा पनि कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख १७ हजार नाघेको छ । त्यहाँ २ लाख २६ हजार संक्रमितमध्ये २३ हजारले ज्यान गुमाएका छन् ।

    जर्मनीमा १ लाख १२ हजार, चीनमा ७७ हजार, इटालीमा ६५ हजार, इरानमा झण्डै ७० हजार, फ्रान्समा ४५ हजार व्यक्ति संक्रमणबाट मुक्त भइसकेका छन् ।

    टर्कीमा २९ हजार, ब्राजिलमा ३० हजार, स्टिजरल्याण्डमा २२ हजार, क्यानाडामा १७ हजार, अष्ट्रियामा १२ हजार, बेल्जियममा साढे १० हजार बढी व्यक्ति कोरोनाको उपचारपछि घर फर्किसकेका छन् । अरु देशमा पनि निको हुने व्यक्तिको संख्या बढिरहेको छ ।

    दक्षिण एसियामा सबैभन्दा बढी कोरोनाबाट प्रभावित भारतमा साढे ६ हजार व्यक्ति निको भइसकेका छन् । त्यहाँ हालसम्म झण्डै २८ हजार संक्रमित छन् । जसमध्ये ८८१ जनाको मृत्यु भएको छ ।

    त्यस्तै, पाकिस्तानमा झण्डै ३ हजार, बंगलादेशमा १२२, अफगानिस्तानमा २ सय बढी, श्रीलंकामा १२०, माल्दिभ्समा १७, नेपालमा १६ र भुटानमा ४ जना संक्रमित उपचारपछि घर फर्किसकेका छन् ।

    अहिले विश्वमा १९ लाख ९ हजार व्यक्तिको उपचार जारी छ । जसमध्ये १८ लाख ५१ हजार अर्थात् ९७ प्रतिशतको अवस्था सामान्य रहेको छ ।

    ५७ हजार ६ हजार अर्थात् ३ प्रतिशत कोरोना संक्रमितको अवस्था मात्र गम्भीर रहेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार