Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • २५ हजार श्रमिक एक महिनादेखि समुद्रभित्र डुंगामै

    २५ हजार श्रमिक एक महिनादेखि समुद्रभित्र डुंगामै

    अनलाइन नेपाल
  • सोमबार, १५ बैशाख २०७७
  • 1.9K
    SHARES

    नयाँदिल्ली : एक महिनादेखि मैलुपल्ली पोलिसु आफ्नो डुंगासहित गुजरातको भेरभल बन्दरगाहमै रोकिएका छन् । पोलिसु २५ हजार माझी (माछा मार्नेहरु)मध्ये एक हुन्, जो गत माचृ २४ देखि भारतको गुजरातमा पर्ने समुद्री तटबाट छिर्न पाएका छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशव्यापी लकडाउन घोषणा गरेदेखि नै यी माझीहरु समुद्रमै रोकिएका हुन् ।

    महाराष्ट्र, आन्द्र प्रदेश, उत्तर प्रदेश, बिहार, गुजरात लगायत राज्यबाट माझीहरु हरेक वर्ष अगस्ट महिनामा समुद्रमा महिनामा यसै गरी माछा मार्न जाने गर्छन् । आफ्नो जीवीकोपार्जनका लागि अगस्टमा माछा मार्न गएर मार्चमा फर्कने गर्छन् ।



    ‘हामीसँग सिमित मात्रै पिउने पानी छ, डुंगामा ट्वाइलेटको सुविधा छैन, दुई छाक मात्रे खाना पाएका छौँ, जसरी पनि हामी छिटो घर पुग्न चाहने एउटै चाहना छ,’ पोलिसुले भने । भारत सरकारले लकडाउनको घोषणा गर्दा गुजरात, महाराष्ट्र र कर्नाटकामा यस्ता हजारौँ माछा मार्ने श्रमिकहरु समुद्रमै थिए । जो अहिलेसम्म फर्कन सकेका छैनन् ।



    अप्रिल २२ मा उनीहरुमध्ये २८ वर्षीय एक माझी एमके राजुको डुंगामै मृत्यु भयो । उनको पोस्ट मार्टम रिपोर्ट अनुसार उनको हार्टअट्याकबाट मृत्यु भएको बताइएको छ । यस्तो घटनाले अन्य थुप्रै माझीहरु डराएको बताउँछन् । ‘उनले आफ्नो चार महिनाको छोरालाई पनि भेट्न पाएनन्,’ राजुका गाउँले समेत रहेका पोलिसुले भने ।

    अप्रिल ९ मा अर्का माझी टी जगन्नाथनको पनि पेटको दुखाइपछि मृत्यु भयो । यस्ता घटनाको कारण माझीहरु कोभिड १९ पनि हुनसक्ने भन्दै चिन्तित छन् । परम्परागत माझी युनियनका संस्थापक पीके रहमानले भने शुद्ध पिउने पानीको अभावले उनीहरुको मृत्यु भएको दावी गरेका छन् । गुजरात प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र समेत हो । जहाँ यसरी हजारौँको संख्यामा श्रमिकहरु समुद्रबाट बाहिर निस्किन नपाइरहँदा सरकारले उनीहरुबारे कुनै निर्णय गरेको छैन ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार