नयाँदिल्ली : भारतको जयपुरस्थित माधोपुरमा रहेको एक स्कुलमा एक महिलालाई तीन पुरुषले सामूहिक बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
इन्डियन एक्सप्रेसका अनुसार लकडाउनका कारण सोही ठाउँमा थुनिएकी ती महिला अप्रिल २४ को बिहान स्कुलमै बलात्कृत भएकी हुन् । बिहीबार उनी लकडाउन उल्लंघन गर्दै जयपुर जान खोजेकी थिइन् । तर तीन जनाले उनलाई बिहान सवेरै बलात्कार गरेका हुन् ।
घटनापछि ती महिलाले स्थानीय प्रहरीकहाँ पुगेर मुा दर्ता गरेकी छन् । आरोपित तीनजना अहिले पक्राउ परेका छन् । ती महिला जयपुरकै दउसास्थित जेलमा आफ्नो छोरालाई भेट्न जाँदै गरेकी थिइन् । तर लकडाउनका कारण उनले यात्रा गर्न नपाएपछि तीन युवकले बलात्कार गरेका थिए ।
Leave a Reply