काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले नेपालका नेताहरुलाई वाह्य शक्तिको भक्तिमा नलाग्न सुझाव दिएका छन्।
नेता रावलले तालिवानले अफगानिस्तानमा कब्जा गरेपछि देश छाडेर भागेका राष्ट्रपति अशरफ घनीको उदाहरण दिँदै यस्तो सुझाव दिएका हुन्।
वाह्य शक्तिको भक्तिमा आफ्नो शक्ति र प्रतिष्ठाको आयु देख्ने नेपालका कतिपय नेताहरूले देशबाट भाग्न बाध्य अफगानिस्तानका पूर्वराष्ट्रपति असरफ घनीबाट शिक्षा लिने कि ? रावलले ट्वीटरमा प्रश्न गरेका छन्।
अन्तर्राष्ट्रिय समुदायमाथि भर गरेअन्तिममा असरफ घनीको जस्तै हालत हुने रावलको भनाइ छ।
वाह्य शक्तिको भक्तिमा आफ्नो शक्ति र प्रतिष्ठाको आयु देख्ने नेपालका कतिपय नेताहरूले देशबाट भाग्न बाध्य अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीको अन्तर्राष्ट्रिय समुदायमाथि भर गरे अनुरूप अन्तिममा सहयोग नभएको र त्यसरी भर गर्नु गल्ती भएको भन्ने सार्वजनिक भनाईबाट शिक्षा लिनेकि?
— Dr. Bhim Rawal (@BhimRawal179) December 31, 2021
Leave a Reply