एजेन्सी । चीनको वुहान शहर जहाँबाट कोरोना महामारीको शुरुवात भयो त्यो अब कोरोना मुक्त शर भएको छ । हिजो (आइतबार) यो महामारी शुरु भएपछि पहिलोपटक कुनै पनि नयाँ बिरामी अस्पताल भर्ना भएनन् ।
समाचार एजेन्सी पीटीआईका अनुसार चीनको सरकारी समाचार एजेन्सी शिन्हुआलाई उदृत गर्दै लेखेको छ कि वुहानमा अब कोभिड-१९ का एकजना पनि संक्रमित छैनन् । चीनको हुवेई प्रान्तको राजधानी वुहान अढाई महिना अर्सेथात् ७६ दिनसम्मको लगातार लकडाउन पछी अप्रिल ८ तारिकको दिन खुल्ला गरिएको थियो ।
चीनको राष्ट्रीय स्वास्थ्य आयोगका प्रवक्ता मी फ़ेंगली यो उपलब्धि वुहानका स्वास्थ्यकर्मिको कडा मेहनत र यो भाइरससँग लड्न देशभरबाट वुहान पुगेका स्वयम् सेवकको अथक प्रयासबाट सम्भव भएको बताएका छन् ।
चीन की सरकारी समाचार एजेंसी शिन्हुआ के अनुसार आयोगका प्रवक्ताले भने कि वुहानमा रहेका अन्तिम संक्रमितलाई शुक्रबार अस्पतालबाट घर पठाएपछी संक्रमितको संख्या शुन्य भएको हो ।
Leave a Reply