Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    भ्रष्टाचारको आरोपमा सामुदायिक वनका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर

    अनलाइन नेपाल
  • शुक्रबार, १६ पुष २०७८
  • 1.9K
    SHARES

    फाइल फोटो

    इलाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकम हिनामिनाको आरोपमा सामुदायिक वनका तत्कालीन अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    शुक्रबार आयोगले रकम हिनामिनाको आरोपमा इलामको माईनगरपालिका-९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष राजेन्द्र थेबेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।



    अख्तियारका अनुसार अनुसन्धानको क्रममा थेबेले वन समूहका अन्य पदाधिकारीहरूलाई थाहा नदिई वन समूहको काठ दिने प्रलोभन दिएर ठेकदार तथा स-मिलसँग रकम असुली गरेको पाइएको आयोगको आरोप पत्रमा उल्लेख छ । यसैगरी थेबेले कोषाध्यक्षको किर्ते हस्ताक्षर गरेर रकम निकालेर हिनामिना गरेको पनि आरोप पत्रमा उल्लेख गरिएको छ।



    अध्यक्ष थेवेमाथि अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा ३६ को कसुर गरेको भन्‍दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार