काठमाडौं । बंगलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको बिजेता नेपाली महिला राष्ट्रिय भलिबल टोली स्वदेश फर्किएको छ ।
बिजेता ट्रफीसहित बिहीबार स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मालगायतले स्वागत गरेका थिए ।
६ राष्ट्र सहभागि सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३-२ ले पारजित गर्दै उपाधि रक्षा गरेको थियो । यस्तै, सोही प्रतियोगितामा पुरुष टोली भने चौथो भएको थियो ।
पुरुषतर्फ भने ५ टिम सहभागी रहेकोमा नेपाल तेस्रो स्थानमा उज्वेकस्तानसंग पराजित हुँदै चौथो भएको थियो ।
Leave a Reply