Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दमकमा २ जनाको आरडीटी पोजिटिभ

    दमकमा २ जनाको आरडीटी पोजिटिभ

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.9K
    SHARES

    दमक — एक वृद्धमा कोरोना संक्रमण देखिएपछि आइतबार दमक नगरपालिकाका तीन वटा वडाका ७४ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । परीक्षणका क्रममा दुई जनामा र्‍यापिड डायग्नोष्टिक टेस्ट (आरडीटी) को रिपोर्ट पोजिटिभ देखिएको छ ।

    दमक अस्पतालका प्रमुख डा.खड्कलाल लिम्बुको नेतृत्वमा स्वास्थ्यकर्मीको चार टोलीले दमक ३, ६ र ९ नम्बर वडामा स्वास्थ्य परीक्षण गरेको थियो । ३ नम्बरमा ६० जना, ६ र ९ नम्बर वडाका ४/४ जना तथा विभिन्न अस्पतालबाट रिफर गरिएका ६ जनाको स्वास्थ्य परीक्षण गरेको नगरपालिकाकी उपप्रमुख एवं प्रवक्ता गीता अधिकारीले जानकारी दिइन् ।



    ७४ मध्ये ४४ जनाको पीसीआर परीक्षणका लागि स्वाब लिइएको हो । ४५ जनाको आरडीटी गरिएको छ । १३ जनाको आरडीटीपश्चात् थप परीक्षणका लागि स्वाबसमेत लिइएको छ ।



    दमक ३ का ६२ वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाले उक्त वडालाई शुक्रबार रातिदेखि नै सिल गरेको छ । वृद्धलाई चैत ७ गते दुबईबाट घर आइपुगेका ३३ वर्षीय छोराबाट संक्रमण सरेको स्वास्थ्यकर्मीको दाबी छ । आइतबार झापामा एक जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ५२ पुगेको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार