Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रदेश २ का ६ जिल्लामा सीके राउत नेतृत्वको पार्टीको चक्काजामको घोषणा

    प्रदेश २ का ६ जिल्लामा सीके राउत नेतृत्वको पार्टीको चक्काजामको घोषणा

    अनलाइन नेपाल
  • बुधबार, १४ पुष २०७८
  • 2.2K
    SHARES

    आरएन यादव / जनकपुरधाम  । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ का ६ जिल्लामा चक्काजामको घोषणा गरेको छ । आज (बुधबार) सिरहा, सप्तरी, धनुषा, सर्लाही, रौतहट र बारा जिल्लामा चक्काजाम गरेको जनमत पार्टीले जनाएको छ ।

    चक्काजामको उल्लघंन गर्नेलाई कारबाही भए सोको जिम्मेबार स्वयं हुनुपर्ने जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको सचिवालयको आधिकारिक फेसबुक पेजबाट चेतावनी दिइएको छ । आन्दोलनले जनजीवन प्रभावित बनेपनि प्रदेश र संघीय सरकार मौन रहेको छ ।



    सिरहामा निषेधाज्ञा फिर्ता, जनमतको चक्काजाम यथावत



    सिरहामा पूर्व–पश्चिम राजमार्ज र सिरहा– चोहर्वा सडकखण्डमा जारी निषेधाज्ञा आजबाट हटेको छ । तर, आन्दोलनरत जनमत पार्टीले भने चक्काजाम फिर्ता लिएको छैन ।

    सडक सुचारु राख्न निषेधाज्ञा जारी गरेपछि मंगलबार दिनभर राजमार्ग क्षेत्रका बजार बन्द गरेको थियो । गोलबजारमा तरकारी बजार हिजो लागेन । प्रहरीले किसानलाई कुटे । यस्ता घटनाहरुले प्रसाशनप्रति आक्रोश बढ्न थाले र बाध्य भएर प्रमुख जिल्ला अधिकारी लालबाबू कवारीले निषेधाज्ञा हटाइएको जानकारी गराए ।

    जनमत पार्टीका कार्यकर्ता रिहा

    उनले निषेधाज्ञा फिर्ता लिनु अगाडि नै आन्दोलनका क्रममा पक्राउ परेका जनमत पार्टीका १८ जना कार्यकर्ता रिहा भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार