Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लकडाउन १० दिन थप गर्ने सरकारको निर्णय

    लकडाउन १० दिन थप गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 3.1K
    SHARES

    काठमाडौैं । भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकले भोलिदेखि सकिन लागेको लकडाउन १० दिन थप गर्ने निर्णय गरेको छ ।

    मन्त्रीपरिषद्को बैठकले आगामी वैशाख २५ गतेसम्म लकडाउन थप गरेको घोषणा गरेको जनाइएको छ ।



    यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा सरकारले आज लकडाउनको अवधि १० दिन थपिएको छ।



    पहिलो पटक चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको सरकारले दोस्रोपटक उक्त अवधि बढाएर चैत २५ सम्म लकडाउन गर्ने निर्णय गरेको थियो ।

    त्यसपछि फेरि वैशाख ३ गतेसम्म पुर्याइएको थियो भने वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो। नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको र नयाँ संक्रमण देखिइरहेकाले जोखिममुक्त नभएको निष्कर्ष निकाल्दै सरकारले लकडाउन थप्ने निर्णय गरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार