काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पौष २७ (पृथ्वी जयन्ती) गते सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका छन्।
थापाले उक्त दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेका हुन् । पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिएको थापाको दाबी छ।
‘राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो । राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन, सार्वजनिक बिदा दिन आग्रह गर्दछु,’ ट्वीटरमा थापाले लेखेका छन्।
राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहले नेपाली नाम र पहिचान दिनुभयो।उहाँको योगदान कुनै संस्था/प्रणालीसँग सम्बन्धित छैन।राष्ट्रनिर्माताको सम्मान गर्नु राज्यको कर्तव्य हो।राष्ट्रनिर्माताको सम्मानमा पौष २७गते राष्ट्रिय पर्वको रुपमा मनाउन,सार्वजनिक बिदा दिन आग्रह गर्दछु @SherBDeuba pic.twitter.com/qrulSv5PMw
— Kamal Thapa (@KTnepal) December 28, 2021
Leave a Reply