काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चिनियाँ ब्राण्ड सुपरकोले उत्पादन गरेको १५ वटा इलेक्ट्रिक मोटरसाइकल खरिद गरेको छ ।
प्राधिकरणका अनुसार डबल ब्याट्री जडान गरिएको उक्त मोटरसाइकल टेण्डरमार्फत् खरिद गरिएको हो । आइतबार बिक्रेता कम्पनीले हस्तान्तरण गरेको यो मोटरसाइकल प्राधिकरणका कर्मचारीहरुले प्रयोग गर्ने बताइएको छ । जसको मूल्य ३ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको छ ।
यस्तै, यसकै सिंगल ब्याट्रि जडान भएको मोटरसाइकललाई भने २ लाख ८५ हजार ९ सय रुपैयाँ पर्छ । यो मोटरसाइकलमा ६० भोल्ट ३० एम्पियर आवर क्षमताको ब्याट्रि प्याक जडान गरिएको छ ।
३ हजार वाट क्षमताको मोटर जडान गरिएको यो मोटरसाइकलले १४० एनएम टर्क जेनेरेट गर्ने दाबी गरिएको छ । साथै यसलाई एकपट फूल चार्ज गर्दा १६० किलोमिटरसम्म यात्रा गर्न सकिने बताइएको छ । यसलाई भिन्न ३ मोडमा चलाउन सकिन्छ ।
यसको उच्चतम गती ८० किलोमिटर प्रतिघन्टासम्म रहेको छ । यो मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ भने ग्राउन्ड क्लिरियन्स १ सय ९८ एनएम रहेको कम्पनीले बताएको छ ।
Leave a Reply