Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी महाधिवेशन: देव गुरुङद्वारा अन्तरिम विधान प्रस्तुत

    माओवादी महाधिवेशन: देव गुरुङद्वारा अन्तरिम विधान प्रस्तुत

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले अन्तरिम विधान प्रस्तुत गर्न थालेका छन् ।

    आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रमा सोमबार अपरान्हबाट गुरुङले विधान मस्यौदा (अन्तरिम विधान) प्रस्तुत गरिरहेका हुन् ।



    यसअघि सोमबार नै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले करिब सवा दुई घण्टा लगाएर राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।



    प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि गुरुङले केन्द्रीय समितिले तयार पारेको विधान विधान मस्यौदा प्रस्तुत गर्न थालेका हुन् ।

    महाधिवेशन आगामी बिहीबारसम्म चल्ने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार