काठमाडौं । सरकारले विदेश जाने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको जोनसन एण्ड जोनसनको खोप दिने व्यवस्था मिलाएको छ ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै विदेश जाने सबैलाई जोनसन एण्ड जोसन खोपको व्यवस्था मिलाएको हो ।
मन्त्रालयले विदेश जाने नागरिकका लागि काठमाडौंको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गएर खोप लगाउन सक्ने व्यवस्था मिलाएको हो ।
खोप लगाउन जाँदा पास्पोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्ने मन्त्रालयले जनाएको छ ।
Leave a Reply