Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी महाधिवेशन: डेढ घण्टादेखि प्रचण्ड बोलेको बोल्यै

    माओवादी महाधिवेशन: डेढ घण्टादेखि प्रचण्ड बोलेको बोल्यै

    देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्ने

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र चलिरहेको छ ।

    काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।



    बन्दसत्रमा झन्डै एक घण्टा ३० मिनेटभन्दा बढी समयदेखि प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।



    अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि विधान मस्यौदा प्रस्तुत गर्ने कार्यक्रम छ । स्थायी समिति सदस्य देव गुरुङले विधान मस्यौदा प्रस्तुत गर्नेछन् ।

    महाधिवेशन आगामी बिहीबारसम्म चल्ने बताइएको छ।  महाधिवेशनले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार