Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादी केन्द्रको बन्दसत्र सुरु

    माओवादी केन्द्रको बन्दसत्र सुरु

    अनलाइन नेपाल
  • सोमबार, १२ पुष २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र कमलादीस्थित प्रज्ञा भवन कमलादीमा सुरु भएको छ ।

    बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदनहरु पेस हुने र ती प्रतिवेदनहरुमा समूहगत छलफल हुने बताइएको छ ।



    माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको विधानमा १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव छ । एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहने प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।



    राजनीतिक र विधान पारित भएपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने माओवादीले जनाएको छ । सुरुमा पहिलो राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेर प्रचारप्रसार गरेको माओवादी केन्द्रले अन्तिम समयमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

    महाधिवेशन आगामी बिहीबारसम्म चल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार