Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • पूर्वसचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता

    पूर्वसचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । केही दिनअघि प्रकाउ परेका पूर्वसचिव भीम उपाध्यायमाथि साइबर क्राइमको मुद्दा दर्ता भएको छ । प्रहरी सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर गरेको हो ।

    उनलाई ५ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दायर भएको अदालतका श्रेश्तेदार आनन्द श्रेष्ठले जानकारी दिए । उपाध्यायले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको चरित्र हत्या गर्ने गरी गैरकानुनी विषय लेखेको प्रहरीको आरोप छ ।



    यही वैशाख १० गते उपाध्याय पक्राउ परेका थिए । भोलिपल्ट अदालतले उनीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद दिएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार