Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • नेताहरुमाथि कार्यकर्ताहरुको आक्रोश

    प्रचण्डदेखि झलनाथ, सुशील, बाबुराम र झक्कुसम्म आक्रमण

    प्रचण्डदेखि झलनाथ, सुशील, बाबुराम र झक्कुसम्म आक्रमण

    कुमार भण्डारी
  • आइतबार, १८ फाल्गुन २०७६
  • 3.7K
    SHARES

    काठमाडौं । पछिल्लो समय नेताहरुमाथि आफ्नै कार्यकर्ताहरुले आक्रोश पोख्न थालेका छन् । पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, सुशील कोइराला (दीवंगत), बाबुराम भट्टराईदेखि माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीसम्मलाई विभिन्न समयमा कार्यकर्ताहरुले नै आक्रमण गरेको इतिहास छ ।

    आज राजधानिमा आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भयो । राष्ट्रिय सभागृहमा भरतमोहन अधिकारी स्मृति फाउन्डेसन नेपालद्वारा आयोजित ‘भरतमोहन अधिकारी प्रथम स्मृति सभा’लाई सम्बोधन गर्दै गर्दा उनीमाथि पूर्व माओवादी लडाकु रतन तिरुवाले जुत्ता प्रहार गरेका हुन् ।



    यस अघि पनि प्रचण्डले पूर्व लडाकुको थप्पड खाएका थिए । तत्कालिन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डमाथि पार्टीले आयोजना गरेको चियापानमा मोहन बैद्य ‘किरण’ पक्षीय माओवादीको युवा संगठन ‘राष्ट्रिय युवा जन स्वयंसेवक’का कार्यकर्ता बताउने बाग्लुङ रास्कोट–२ का पदम कुवँरले २०७० साल मंसिर १ गते थप्पड हानेका थिए ।



    त्यसैगरी वि सं २०६७ साल माघ ७ गते तत्कालिन नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई सुनसरीका देवीप्रसाद रेग्मीले झापड हाने । सुनसरी भरौलका रेग्मी एमालेका पूर्व कार्यकर्ता थिए । उनले इनरुवामा आयोजित सार्वजनिक कार्यक्रममा खनाललाई झापड हानेका थिए । पार्टी प्रवेशीहरुको लाइनमा बसेर खनालकै हातबाट टीका लगाइसकेपछि उनले गालामा थप्पड हानेका थिए ।

    त्यस्तै विसं २०६८ सालमा कांग्रेस सुभापति सुशील कोइरालामाथि फ्रेम प्रहार भयो । काठमाडौँको कपनमा आयोजित क्षेत्रीय कार्यक्रममा नेविसंघका पूर्व क्षेत्रीय सभापति प्रवेश बस्नेतले कोइरालालाई आक्रमण गरेका थिए ।

    त्यसैगरी वि सं २०६८ साल बैशाख २० गते तत्कालिन माओवादी सभासद् झक्कुप्रसाद सुवेदीले पनि झापड खाएका थिए । तिनकुनेस्थित कफी सपका संचालक प्रेमराज देवकोटाले उनलाई बोलाएर झापड हानेका थिए । पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडाबाट फर्किंदै गरेका सभासद सुवेदीलाई तिनकुने सुविधानगरमा रहेको कफी पसल संचालकले संविधान कहिले बन्छ भन्दै झापड हानेका थिए ।

    त्यसो त तत्कालित नयाँशक्तिका संयोजक बाबुराम भट्टराईलाई पनि जुत्ता प्रहार गरियो । २०७३ मंसिर २३ गते पोखराको पृथ्वीनारायण क्याम्पस हाताभित्र नयाँशक्ति निकट विद्यार्थी संगठनले आयोजना गरेको कार्यक्रममा भट्टराईलाई लक्षित गरेर कैलालीका सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेका थिए ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार