Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काेराेना संक्रमित ५१ मध्ये १६ जना निकाे भइ घर फर्किए

    काेराेना संक्रमित ५१ मध्ये १६ जना निकाे भइ घर फर्किए

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 1.5K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित ५१ जनामध्ये १६ जना निकाे भइ घर फर्किए छन्। वीरगन्जमा आइतबार थप २ जनामा कोरोना भाइरस कोभिड-१९ पुष्टि भएपछि काेराेना संक्रमितकाे संख्या ५१ पुगेकाे हाे। वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएको हो।

    ८१ वर्षीया वृद्धदेखि १९ वर्षीय युवतीसम्मले कोरोना जितेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार वीरगञ्जमा उपचार गराइरहेका पाँचमध्ये आइतबार चारजना डिस्चार्ज भएका छन्। रौतहटका एक १९ वर्षीय पुरुषसहित अन्य तीन पुरुषको आइतबार नारायणी अस्पतालबाट डिस्चार्ज भएको हो। शनिबार चितवनमा उपचार गराइरहेका २७ वर्षीय युवाको डिस्चार्ज भएको थियो। उनले आठ दिनमै कोरोनालाई जितेका थिए। अन्य ११ जनाको यसअघि नै डिस्चार्ज भइसकेको थियो।



    मन्त्रालयका अनुसार अहिले अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। प्रदेश १ को राजधानी विराटनगरस्थित कोशी अस्पतालमा ३० जनाको उपचार भइराखेको छ। अन्य संक्रमितमध्ये तीन जनाको वीरगञ्जमा उपचार भइराखेको छ भने धनगढी र भरतपुरमा एकएक जनाको उपचार चलिरहेको छ। प्रवक्ता देवकोटाका अनुसार सबैको स्वास्थ्य अवस्था सामान्य छ।



    पीसीआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी ४१ हजार ४ सय ३६ जना गरेर ५१ हजारमा गरी अहिलेसम्म ५१ हजार तीन सय ६७ नमुना परीक्षण गर्दा भएका छन्। पछिल्लो २४ घन्टामा दुई हजार ९६ जनाको नमुना परीक्षण भएको छ। जसमध्ये दुई जनामा कोरोना पोजिटिभ देखिएको छ।

    अहिलेसम्म क्वारेन्टाइनमा १७ हजार बढी छन्। उपत्यकामा ६ र बाहिर १०४ गरेर देशभर ११० जनाको आइसोलेसनमा उपचार भइराखेको छ। शुक्रबार मात्र झापा दमकका ६२ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको थियो। आरडीटी विधिमा परिवारका चार जनामा पोजिटिभ देखिए पनि पीसीआर विधिबाट एकजनामा मात्र पोजिटिभ देखिएको हो। संक्रमित पुरुषका छोरा चैत ४ गते विदेशबाट आएको खुलेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार