सप्तरी । सप्तरीमा अबैध गाँजा फडानी गर्ने अभियान शुरु गरेको प्रहरीले गत साउन देखि हालसम्म ७ हजार ४ सय ६९ बोट गाँजा फडानी गरेको छ ।
जिल्लाको विभिन्न स्थानमा लगाइएको गाँजा बोट फडानी गरि ल्याएको गाँजाको बोट आइबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरी आगो लगाएर नष्ट गरिएको हो ।
लागूऔषध प्रयोगकर्ता बढ्दै गएको जनगुनासो बढदै गएपछि गाँजाको बोट नष्ट गर्ने अभियान संचालन गरिएको हो ।
गाँजा खेती नगरिए पनि लुकिछिपी करेसा बारीमा ठूलो संख्यामा गाँजाको बोट लगाएको भेटिएको एसपी काफ्लेले बताए ।
Leave a Reply