Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • यी हुन् माओवादीको आठौँ महाधिवेशनमा छलफल हुने पाँच विषय

    यी हुन् माओवादीको आठौँ महाधिवेशनमा छलफल हुने पाँच विषय

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.9K
    SHARES

    काठमाडौँ। माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा मुख्य पाँच विषयमा छलफल हुने भएको छ।

    अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले भोलिदेखि सुरु हुने बन्दसत्रमा राजनीतिक दस्तावेज पेश गर्ने विषय आजको उद्घाटन सत्रमा जानकारी गराएका छन्।

    महाधिवेशनमा छलफल हुने पाँच विषय



    -अन्तर्राष्ट्रिय अवस्थाको बारेमा समीक्षा हुने,विश्व परिवेशका बारेमा महाधिवेशनमा गम्भीर ढंगले छलफल हुने



    -नेपालको ऐतिहासिक पृष्ठभूमि, अहिलेको नेपाली समाजको अवस्था र अबको लक्ष्यबारे छलफल हुने

    -विज्ञान प्रविधिले मानव जीवनमा पारेको प्रभावबारे समीक्षा हुने

    -समाजवाद उन्मुख समृद्धि भनेको के होरु त्यसमा देशलाई कसरी अघि बढाउने भन्ने मार्ग चित्रबारे छलफल हुने

    -पर्यावरणको समस्यालाई उठाएका छन्। त्यसमा जलवायु परिवर्तन, हिउँ पग्लिने समस्या, तापक्रम वृद्धिको बारेमा पनि छलफल र समीक्षा हुने

    माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्वसमेत चयन गर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार