Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • गठबन्धनको सहकार्य मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै हो: प्रधानमन्त्री देउवा

    गठबन्धनको सहकार्य मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै हो: प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले बनेको पाँच दलको गठबन्धनको सरकार कसैका विरुद्धमा नभएको स्पष्ट पारेका छन् ।

    नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन सत्रको सम्बोधनका क्रममा देउवाले संसद पूरा चलोस् भन्ने उद्देश्यले संविधान बनेको र त्यसैको कार्यान्वयनका लागि गठबन्धनको सरकार बनेको बताए ।



    मनपरी संसद् विघटन गर्ने कदमविरुद्ध मात्रै आफूहरू एक भएको देउवाको भनाइ छ।



    सम्बोधनमा प्रचण्डको अगुवाईमा शान्ति प्रक्रिया तथा संविधान निर्माण भएको देउवाले बताए । साथै, एमसीसी राष्ट्रघाती नभएको पुन प्रधानमन्त्री देउवाले दोर्याए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार