Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • अन्तत: स्वास्थ्य सामग्री खरिद प्रकरणमा लेखा समितिले थाल्यो छानबीन

    अन्तत: स्वास्थ्य सामग्री खरिद प्रकरणमा लेखा समितिले थाल्यो छानबीन

    अनलाइन नेपाल
  • आइतबार, १४ बैशाख २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । सरकारले खरिद गरेको स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको विषय संसदको सार्वजनिक लेखा समितिले छानबीन थालेको छ । कोभिड १९ महामारीको समयमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको विषय सार्वजनिक भएको एक महिनापछि समितिले छानबीन थालेको हाे।

    समितिका सचिव डा. रोजनाथ पाण्डेले विभिन्न निकायसँग आवश्यक कागजान माग गरी छानबीन थालिएको जनाएका छन् । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य विभागले विना प्रतिष्पर्धा ओम्नी विजनेश कर्पोरेटलाई स्वास्थ्य सामग्री खरिदको ठेक्का दिएको थियो । तर, ओम्नीले खरिद गरेको सामाग्रीमा घोटाला भएको भन्दै चौतर्फी विरोध भएपछि सरकारले ओम्नीसँगको सम्झौता रद्द गरेको थियो ।



    समितिले स्वास्थ्य मन्त्रालयलाई उक्त ठेक्कासँग सम्बन्धित कागजातहरु ७ दिन भित्र समितिलाई बुझाउन अल्टिमेटम समेत दिएको छ । आइतबार प्रेसित पत्रमा लेखा समितिका सचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षार गरेका छन् ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार