Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • लोसपा नेता झाले भने- जीवन दाउमा राखेर क्रान्तिमा होमियौं, तर…

    लोसपा नेता झाले भने- जीवन दाउमा राखेर क्रान्तिमा होमियौं, तर…

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।

    आइतबारबाट सुरु भएको माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता झाले संविधानमा गणतन्त्रको विषय समेटिएको भए पनि जनताले अनुभूति गर्ने गरी संघीयता र समावेशीको एजेन्डा सम्बोधन गर्नुपर्ने बताए ।



    यसका लागि मधेस आन्दोलन भए पनि अहिलेसम्म सम्बोधन नभएको भन्दै झाले संघीयता र समावेशीको एजेन्डाका लागि जीवन दाउमा राखेर माओवादी क्रान्तिमा होमिएको भए पनि अहिले त्यसलाई सम्बोधन गराउन चुकेको आरोप लगाए ।



    ‘गणतन्त्र, समावेशी, संघीयताका लागि माओवादी क्रान्तिमा होमियो । हामी शान्तिपूर्ण आन्दोलनमा लाग्यौैँ,’ झाले भने, ‘तर, गणतन्त्र संविधानमा समावेश भए पनि संघीयता र समावेशीबारे उठाइएको एजेन्डा अहिलेसम्म सम्बोधन भएन ।’

    कार्यक्रममा नेता झासहित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा,  नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, राप्रपा महामन्त्री कुन्तीसहितका नेताहरूको उपस्थिति रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार