Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • माओवादीको आठौँ महाधिवेशनको उद्घाटनसत्र सर्‍यो

    माओवादीको आठौँ महाधिवेशनको उद्घाटनसत्र सर्‍यो

    अनलाइन नेपाल
  • आइतबार, ११ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ। राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने पार्टी स्थायी समितिको निर्णय केन्द्रीय कमिटीबाट अनुमोदन गर्न केन्द्र समितिको बैठक बस्दै छ ।

     



    नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन तथा आठौं महाधिवेशन आज हुँदै छ। आज दिउँसो १ बजे हुने भनिएको उद्घाटन समारोह ३ बजेलाई सारिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।



     

    प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपालगायत दललाई निमन्त्रणा गरिएको छ ।

     

    महाधिवेशनमा रुपान्तरणपछि आवश्यक तयारी गर्न उदघाटन सत्र दुई घण्टा पछाडि सरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार